Sajhamanch Archive

कोरोनामुक्त भएकालाई स्वास्थ्य मन्त्रालयले भन्यो – रक्तदान गर्नुस्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट निको भएका व्यक्तिको रगत अन्य संक्रमितको उपचारमा सघाउ पुर्‍याउने भन्दै संक्रमणबाट निको भएका व्यक्तिहरूलाई रक्तदान गर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा संक्रमणबाट निको भएका इच्छुक व्यक्तिहरूले रक्तदान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सम्पर्क गर्न भनेका छन्।

“तोकिएका अस्पतालको संयुक्त संलग्नतामा कोभिड-१९ का बिरामीहरूलाई ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिई उपचार गर्न रक्तदाताहरूको आवश्यक परेको हुनाले कोभिड-१९ लागेर निको भइसक्नुभएका इच्छुकहरूले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सम्पर्क राख्न अनुरोध छ,’ उनले भने।

यसको लागि इच्छुकहरूले बिहान १० बजेदेखि साँझ ५ बजे सम्म परिषद्को ०१४२५४२२० नम्बरमा सम्पर्क गर्न सक्नेछन्। यस्तै, परिषद्को इमेल [email protected] मा पनि सम्पर्क गरेर जानकारी लिन सकिन्छ।

परिषद्ले कोरोना संक्रमितको शरीरमा उत्पादन हुने एन्टिबडी सिकिस्त अवस्थाका संक्रमितको उपचारमा प्रयोग गर्न सकिने भन्दै अनुसन्धान अघि बढाएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *