Sajhamanch Archive

अत्यावश्यकबाहेक सार्वजनिक सवारीमा यात्रा नगर्नू : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा यात्रा गर्नुपर्ने अवस्था आए हरेक यात्रुले संक्रमण गराउन सक्ने हेक्का राख्न आग्रह गरेका हुन्।

यसरी यात्रा गर्दा हरेक यात्रुले कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र हातको सरसफाइ गर्न मन्त्रालयको सुझाव छ।

साथै, आफूलाई कोभिड-१९ को संक्रमण भएको, संक्रमणको शंका लागेको वा त्यस्तो लक्षण देखिएको अवस्थामा यात्रा नगरिदिन मन्त्रालयले अपिल गरेको छ।

केही दिनअघि मात्र सरकारले उपत्यकासहित सम्बन्धित जिल्लाभर सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने निर्णय गरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *