Sajhamanch Archive

‘हल्का देखि मध्यम वर्षाको सम्भावना’

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रयमा डुबान हुन सक्ने, अब्यबस्थित बसोबास भएका तराई क्षेत्रमा डुबान हुने तथा पहाडी भूभागमा पहिरो जान सक्ने भन्दै विभागले सतर्क रहन मौसम विद् बरुण पौडेलले आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *