Sajhamanch Archive

दीपाश्री निरौलालाई क्षमा दिन राजेश हमालको आग्रह (भिडियोसहित)

Published: in गीत/संगीत/मनोरञ्जन by .

काठमाडौँ । कलाकार तथा निर्देशक दीपा श्री निरौला यतिबेला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा तानिएकी छिन् । दिपाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै ‘हमालको महानायक पदावधी’ माथि प्रश्न गरेपछि दिपाश्रीलाई सामाजिक सञ्जालमा गालीगलौज गरियो । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले आफूले त्यसो भन्न नखोजेको भन्दै माफी मागिसकेकी छिन् ।

साथै राजेश हमालबारे सञ्चारमाध्यममा पनि विभिन्न टिकाटिप्पणी आइरहे । राजेश हमालले बोलेपछि मात्र विवाद अन्त्य हुने दर्शकहरुको माग थियो । दर्शकहरु दीपाश्रीमाथि खनिएपछि मध्यरातमा फेसबुक लाइभ आएर हमालले सम्बन्धित व्यक्तिलाई माफी दिन दर्शकहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकको लाइभमा हमालले आफुलाई लक्षित गरेर दिपाश्री निरौलाले व्यक्त गरेका कुरालाई लिएर तीन हप्तादेखिको बहस अन्त्य गरेको बताएका छन् । दिपाले भनेका कुरालाई आफुले नजरअन्दाज गरेको उल्लेख गर्दै उनले दर्शकलाई पनि संयम बन्न आग्रहसमेत गरेका छन् ।

उनले आफ्नो महानायक सम्मानको विषयमा भएको विवाद र नकारात्मक बहसले दुःखसमेत लागेको बताएका छन् । उनले भनेका छन्, ‘व्यक्तिगत तहबाट कुरा गर्ने हो भने मलाई साह्रै दुःख लागेको छ । खासगरी आफू आबद्ध कला तथा सिने क्षेत्रमा भएको वादविवाद, आरोप–प्रत्यारोपप्रति उत्रिनु लज्जास्पद कुरा हो

मेरो अनुरोध..,

Posted by Rajesh Hamal on Tuesday, July 14, 2020

फराकिलो हृदय बनाएर दीपाश्रीाप्रति मानवता देखाइदिन दर्शकलाई आग्रह गर्दै हमालले भने, ‘कसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गरौँ ।’ फेसबुक लाइभको समयसम्म हमालले दीपाश्रीको नाम एकपटक पनि लिएका छैनन् ।

उनले दिपालाई इंगित गर्दै सुरुमा उनले ‘मेरा सहकर्मी’ भनेका छन् भने अन्तिममा ‘सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला’ भनेका छन् । सांकेतिक प्रतिक्रिया दिएका हमालले कला क्षेत्रप्रति निःसन्देह रहेको भनाइ व्यक्त गरेका छन् । ‘दर्शकहरुले दिनुभएको सल्लाह, सुझाव र भनाईले कला क्षेत्रमा अहम भूमिका निर्वाह गर्दछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *