Sajhamanch Archive

महिला चेम्बर बुद्धशान्तिले गर्‍यो मेची सर्फको प्रमोसन, मेची ब्रान्डको सर्फ स्तरीय रहेको प्रयोगकर्ताको प्रतिक्रिया

Published: in समाज by .

बुद्धशान्ति । महिला चेम्बर बुद्धशान्तिले एभरेष्ट साबुन उद्योगले उत्पादन गरेको मेची ब्रान्डको सर्फको प्रमोसन गरेको छ ।

मंगलबार विशेष कार्यक्रमको आयोजना गरेर महिला चेम्बर बुद्धशान्तिले मेची ब्रान्डको सर्फको प्रमोसन गरेको हो । चेम्बरकी अध्यक्ष देबकुमारी सेर्माको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय उद्योगले उत्पादन गरेको सामग्री प्रयोग गरि त्यसको बजारीकरणमा सबैले भूमिका खेल्नुपर्ने कार्यक्रममा सहभागिले बताएका थिए ।

अध्यक्ष देबकुमारी सेर्माले बुद्धशान्तिमा उद्योग संचालन हुनु ठूलो कुरा भएको बताँउदै रोजगारी सृजना हुनेगरी उद्योग सन्चालनमा ल्याउने संचालकहरुलाई धन्यवाद दिइन् ।

संस्थाको कार्यलय बुधबारेमा भएको कार्यक्रममा चेम्बरकी बाणिज्य उपाध्यक्ष हिमा चम्लागाईले सबैलाई स्थानीय उत्पादन प्रयोगमा जोडदिन अनुरोध गरिन् । साथै उनले आफुले मेची सर्फ प्रयोग गरिरहेको बताउँदै सर्फ स्तरीय रहेको प्रतिक्रिया दिइन् ।

एभरेष्ट साबुन उद्योगका संचालक अनिल वाग्लेले कार्यक्रम आयोजना गर्ने चेम्बरलाई धन्यवाद दिँदै मेची ब्रान्डको उत्पादनहरु स्तरीय रहने जानकारी दिए। क्वालिटीलाई महत्त्वमा राखेर आफ्नो उत्पादनहरु बजारमा ल्याउने उनले बताए । झापा, इलाम र मोरङमा मेची ब्रान्डको सर्फको बजारीकरण भइरहेको छ ।

पाँच जना सञ्चालक रहेको उद्योगले सर्फ, साबुन लगायतका बस्तु उत्पादन गर्दै छ । उद्योगमा अनिल वाग्ले, अनिलकुमार घिमिरे, खडानन्द लामिछाने, सौरभ श्रेष्ठ, अनुजा ढुंगाना कोइरालाको लगानी छ । उद्योग बुद्धशान्तिमा रहेकोे छ ।

सो कार्यक्रममा एभरेष्ट साबुन उद्योगका मार्केटिङ मेनेजर सेमन्त पोख्रेल, पत्रकार तीर्थ तिम्सिना लगायतको उपस्थिति थियो ।

वाणिज्य उपाध्यक्ष हिमा चम्लागाईले मन्तव्यबाट स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव नर्बदा चापागाईंले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *