Sajhamanch Archive

ओली–प्रचण्ड भेटवार्ता जारी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ । बैठक केही बेरअघि बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा दुईजना अध्यक्षबीच सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ । मंगलबार प्रधानमन्त्री ओली थकित र गलित देखिएकाले छलफलमा विषय प्रवेश हुन सकेको थिएन ।

स्थायी कमिटीको बैठक असार १६ गते यता अवरूद्ध रहँदै आएको छ । पछिल्लोपटक असार २६ गतेलाई तय गरिएको थियो । तर, मुलुक बाढी, पहिरो आदि प्रकोपले आक्रान्त बनेपछि एक साता धकेलिएको थियो । यसबीचमा दुई अध्यक्षबीच पटकपटक वार्ता भए पनि पार्टीको आन्तरिक संकट व्यवस्थापनमा सहमति जुट्न सकेका छैन ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *