Sajhamanch Archive

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार २५ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार प्रदेश १ मा अहिलेसम्म ७७८ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ३ हजार ४१ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा चार हजार ४ सय १६ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा २ हजार ९४१ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना पुष्टि भएको छ। यो प्रदेशमा पाँच जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

त्यसैगरी बागमती प्रदेशमा ८ सय ३९ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा १ हजार ८९६ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना पुष्टि भएको छ । बागमतीमा मात्र कोरोनाले नौं जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशमा १ हजार ३०५ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ३ हजार ८४४ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा २७ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशमा कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश ५ मा अहिलेसम्म चार हजार ९३ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ४ हजार ५२२ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा १ जनामा संक्रमण पुष्टि भएको यो प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्।

यस्तै, कर्णाली प्रदेशमा संक्रमितको संख्या १७ सय ८७ पुगेको छ। त्यस्तै क्वारेन्टिनमा १ हजार ७५६जना रहेका छन् भने यो प्रदेशमा पछिल्लो २४ घण्टामा ४० जनामा संक्रमण देखिएको छ। अहिलेसम्म चार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म तीन हजार ९ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ६ हजार ५२७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा तीन जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *