Sajhamanch Archive

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।

आज दिउँसो रौटहटको परूवा नगरपालिका वडा नंं.७ निवासी ३६ वर्षीय पुरूषको मृत्यु भएको हो । उनी असार २९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आइसियूमा भर्ना भएका थिए।

बुधबार बिहान उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जानकारी दिए।

उनी भारतमा रहेका आफ्ना दाइको अन्तिम संस्कार गर्न बैंगलुरू गएका थिए। काम सकिएपछि उनी असार २४ गते नेपाल फर्की रौटहटको परूवा नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए।

२९ गते अस्पताल भर्ना भएपछि कोरोना भाइरसको परीक्षणको लागि स्वाबको झिकिएको थियो। आज उनको नतिजा पोजिटिभ देखिएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *