Sajhamanch Archive

निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द (निर्णयसहित)

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । निजी विद्यालयहरुले भोलि साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

प्याब्सन र एनप्याब्सनको आज बसेको बैठकले सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन् । उनीहरुले शिक्षक र कर्मचारीलाई समेत बेतलबी बिदामा राख्ने निर्णय गरेका छन् ।

सरकारले लकडाउन घोषणा गरेसँगै निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए । निजी विद्यालयहरुले न्युनतम शुल्क लिन पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनु पर्ने लगायतका माग राखेका थिए । तर सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै अनलाइन कक्षा नै बन्द गर्नुपरेको उनीहरुको प्रतिक्रिया छ ।

त्यसैगरी शिक्षक कर्मचारीको तलबभत्ता, घरभाडा, बिजुली, इन्टरनेटको शुल्क उठाउन पाउनुपर्ने माग निजी विद्यालयहरुको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *