Sajhamanch Archive

ओबामा र बिल गेट्ससहित विश्वका चर्चित व्यक्तीहरुको ट्वीटर एकाउण्ट ह्याक

Published: in विश्व समाचार by .

एजेन्सी । विश्वका प्रख्यात धनाढ्य एवं चर्चित व्यक्तीहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक भएको छ ।

अर्बपतिहरु बिल गेट्स, एलन मस्क, जेफ बेजोस, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, गायक केन्या वेष्टलगायतको ट्वीटर एकाउण्ट ह्याक भएको हो ।

यी ब्यक्तिहरुको एकाउण्ट ह्याक गर्नेले क्रिप्टोकरेन्सी भनेर चिनिने अभौतिक मुद्रा बिटक्वाइनको प्रयोगबारे अफबाह फैलाएका थिए ।

ह्याकरहरुले बिल गेट्सको एकाउण्टमा समाजका लागि बिटक्वाईनमार्फत एक हजार अमेरिकी डलर दिनेलाई आफूले दुई हजार डलर फर्काउने लेखिएको थियो । ह्क्याकरहरुले यी स्टाटसहरु पोष्ट गरेको केही मिनेटमै मेटाइएका थिए । ट्वीटरले घटनाबारे गम्भिर छानविन गरिरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *