Sajhamanch Archive

कोरोनाद्वारा संक्रमित अमिताभ बच्चनले गरे अस्पतालबाट पोस्ट, यी ६ काम नगर्न सुझाए

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, स्वास्थ्य by .

कोभिड–१९ अर्थात् कोरोनाभाइरसद्वारा संक्रमित भएपछि अमिताभ बच्चन नानावती अस्पताल भर्ना भएका छन् । अस्पतालमा रहँदा पनि उनी सोसल मिडियामार्फत् आफ्ना प्रशंसकसँग टचमा छन् र उनलाई लगातार अपडेट दिइरहेका छन् । उनले आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टमा संस्कृतको श्लोक पोस्ट गरेका छन् ।

अमिताभले आफ्नो एउटा तस्बिर पोस्ट गर्दै ज्ञानको कुरा साझा गरेका छन् । उनले फोटोको क्यापसनमा लेखेका छन्, ‘यस्ता व्यक्ति जो इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, रिसाहा, सधैं शंका गर्ने वा अरुको भरमा बाँच्ने यस्ता ६ प्रकारका मानिसहरु सधैं दुःखी हुन्छन् ।

यस्ता कामबाट टाढै हुनुपर्छ ।’यसअघिको पोस्टमा अमिताभले आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका थिए । अमिताभ बच्चनसहित अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अमिताभसँगै अस्पतालमा छन् । यता ऐश्वर्या राय र आराध्या भने होम क्वारेन्टिनमा छन् । जया बच्चनको कोरोनाको परीक्षण नेगेटिभ आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *