Sajhamanch Archive

नेकपाका शीर्ष नेताको छलफल निष्कर्षविहीन टुंगियो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै नेकपाका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा मुख्य विषयमा सहमति भएन ।

नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताए । छलफल सकारात्मक रहेको र शुक्रबारको बैठक नरोकिने उनले जानकारी दिए । सो छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका छन् भने ओलीले राजिनामा नदिन अडान कायमै राखेका छन् । त्यसैले तीन नेता सहितको छलफल सहमतिबिना टुंगिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *