Sajhamanch Archive

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ८७ हजार नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ८७ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ८७ हजार ३२७ जना पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल रहेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यस्तै, विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३७ लाख १७ हजार ९०३ पुगेको छ भने उपचार गरेर ८१ लाख ७२ हजार भन्दा बढी डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *