Sajhamanch Archive

थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ११ हजार २४९ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ४ हजार ९८१ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ५०० जना रहेका छन् भने आइसोलेसनमा ६ हजार ५६ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *