Sajhamanch Archive

कुन प्रदेशमा कति कोरोना संक्रमित डिस्चार्ज भए ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार २४९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या ७४४ रहेको छ । त्यस्तै क्वारेन्टिनमा २ हजार ९१४ जना रहेका छन् भने आइसोलेसनमा ६७ जना रहेका छन् ।

प्रदेश २ मा हालसम्म डिस्चार्ज हुनेको संख्या २५३८ रहेको छ । त्यस्तै क्वारेन्टिनमा २ हजार ६७३ जना रहेका छन् भने आइसोलेसनमा १९१५ जना रहेका छन् । यो प्रदेशमा पाँच जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

त्यसैगरी बागमती प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या ४०६ रहेको छ । त्यस्तै क्वारेन्टिनमा १ हजार ७६५ जना रहेका छन् भने आइसोलेसनमा ४२८ जना रहेका छन् । बागमतीमा मात्र कोरोनाले नौं जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या ९३५ रहेको छ । त्यस्तै क्वारेन्टिनमा ३ हजार ८३७ जना रहेका छन् भने आइसोलेसनमा ३८५ जना रहेका छन् । गण्डकी प्रदेशमा कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश ५ मा अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ५३७ रहेको छ । त्यस्तै क्वारेन्टिनमा ४ हजार २२८ जना रहेका छन् भने आइसोलेसनमा ५५८ जना रहेका छन् । यो प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्।

यस्तै, कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १४७९ रहेको छ । त्यस्तै क्वारेन्टिनमा १ हजार ७७१ जना रहेका छन् भने आइसोलेसनमा ३१९ जना रहेका छन् ।अहिलेसम्म चार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६१० रहेको छ । त्यस्तै क्वारेन्टिनमा ६ हजार ३१२ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ३८४  जना रहेका छन् । कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *