Sajhamanch Archive

पूर्वी पहाडका मुख्य सडकमा सकस

Published: in समाज, स्थानीय तह by .

पाँचथर । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण रोकिएका पाँचथरका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी साधन सञ्चालन हुन नसकेपछि सर्वसाधारणलाई सकस भएको छ ।

पछिल्ला दुई वर्षमा यहाँका अधिकांश मुख्य ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रका काम शुरु भएको छ । कुनै पनि सडक कालोपत्र गर्ने चरणमा पुगिसकेका छैनन् । निरन्तरको वर्षाले निर्माणाधीन सडकमा सवारी सञ्चालनमा गर्न कठिन भएपछि ग्रामीण क्षेत्रका बिरामीलाई उपचारमा लैजान, गाउँमा खाद्यान्न ढुवानी गर्न तथा ग्रामीण क्षेत्रमा उत्पादित सामग्री बजारसम्म पु¥याउन समस्या भएको छ ।

हिलाम्य सडकमा सवारी फस्ने, दुर्घटनाको सम्भावना उच्च हुने तथा सवारीमा क्षति हुने भएपछि यातायात व्यवसायी तथा चालकसमेत सवारी चलाउन तयार छैनन् । ग्रामीण सडक विस्तार तथा स्तरवृद्धिका काम धमाधम चलिरहेका समयमा कोरोना भाइरसको महामारी तथा बन्दाबन्दी शुरु भएपछि सबै आयोजनाको काम अगाडि बढ्न सकेको छैन । अधिकांश निर्माण कम्पनी सडक निर्माणका कामलाई यथास्थितिमा छाडेर हिँडेका छन् । अधिकांशले कामदारलाई घर पठाएका छन् ।

जिल्लाका फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकासहित पूर्वी पहाडका इलाम र धनकुटासमेत जोड्ने राँके–रवि–भेडेटार सडकमा सवारी सञ्चालन नहुँदा उक्त क्षेत्रका सर्वसाधारणमा मारमा परेका छन् । कोभिड–१९ को महामारी तथा बन्दाबन्दी शुरुआत भएसँगै १०१ किलोमिटर लामो सो सडक निर्माण गरिरहेको भारतीय कम्पनी काम छाडेर हिँडेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *