Sajhamanch Archive

मेचीनगरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

मेचीनगर । झापाको मेचीनगरमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगर नगरपालिका वडा नं.४ स्थित बाहुनडाँगी सामुदायिक भवनको क्वारेन्टिनमा बसेकी २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत असार १७ गते भारतको दिल्लीबाट काँकरभिट्टा हुँदै उक्त क्वारेन्टिनमा आएर बसेकी थिइन् । उनको गत असार २९ गते पीसीआरको नमुना परीक्षण गरेर धरानको कोभिड–१९ को प्रयोगशाला पठाइएको थियो ।

उनको विहीबार पीसीआरको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यसमध्ये ३८ जना निको भएर घर फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *