Sajhamanch Archive

शिवसताक्षीको रानामिल हुँदै कुञ्जिबारी जाने सडक कालो पत्रे गर्न सुरु

Published: in समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षीको वडा नं. १ राना मिल हुँदै कुञ्जीबारी जानेबाट सडक कालो पत्रेको काम सुरु भएको छ ।

डिभिजन सडक कार्यालय दमक मार्फत ६ करोड ९९ लाख बजेटबाट ११ किमी सडक कालो पत्रे गर्न सुरु भएको हो ।

वर्तमान प्रधानमन्त्री केपी ओलीबाट २०७३ सालमै शिलान्यास भएको यो सडक विविध कारणले काम सुचारु हुन नसक्दा स्थानियवासीहरुको चर्को असन्तुष्टी रहदै आएको थियो ।

प्रदेश सांसद झलकसिंह दर्लामी लगायत स्थानीय जनप्रतिनिधि राजनीतिक दल, उपभोक्ता समितिको पहलमा पुनः वजेट विनियोजन गरी योजना सुरु भएको उपभोक्ता समिति अध्यक्ष नरेन्द्र दाहालले जानकारी दिए ।

सडकको शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुले निरन्तर अनुगमन गरिरहेको बताएका छन् ।

सडक निर्माण गर्न स्थानीय बासीको सक्रियता रहेको छ । सडकको काम सुरु भएपछि अब कुनै पनि हालतमा काम नरोकिने, मापदण्ड र गुणस्तरीयताप्रति हर हमेसा जनप्रतिनिधिहरुबाट निगरानी गर्ने शिवसताक्षी २ का वडा अध्यक्ष कुलबहादुर बस्नेतले बताए ।

शहरीकरणतर्फ उन्मुख धरमपुरको बिच खण्डबाट यो सडक निर्माणसगैं धरमपुरको मुहार फेरिने र दक्षिणी भेगका नागरिकहरु लाभान्वित हुने शिवसताक्षी नपा १ का वडाअध्यक्ष सुवास राईको भनाई छ ।

पूर्व–पश्चिम राजमार्गको रानामिलदेखि मंगलबारे बजार दक्षिण साविक धरमपुर ५ हुँदै कुञ्जिबारीसम्म ११ किलोमिटर लम्बाई रहेको यो सडकको चौडाइ ५ मिटर कालो पत्रे भएको हो ।

सडकको काम सम्झौता अनुसार मापदण्ड र गुणस्तर भएको निर्माण कम्पनीको भनाई छ । नागार्जुन निलगिरी जेबि निर्माण कम्पनीका ठेकेदार सन्तोष कटुवालले काम अहोरात्र खटेर गरिरहेको बताए विचमा अवरोध नआए आगामी मंसिरसम्ममा सडको पूर्ण रुपमा काम सकिने जानकारी दिए ।

सडक बनेपछि शिवसताक्षीका दक्षिणी भेगकका नागरिकलाई विशेष सुविधा पुग्ने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *