Sajhamanch Archive

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार ५३४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ८१५ जना पुगेको छ भने ७४४ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार ७२७ जना रहेका छन् भने आइसोलेसनमा ७१ जना रहेका छन् ।

प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ४८० जना पुगेको छ भने २ हजार ५८८ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार ७५१ जना रहेका छन् भने आइसोलेसनमा १ हजार ८८६ जना रहेका छन् । प्रदेश २ मा कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८५१ जना पुगेको छ भने ४१३ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा १ हजार ८२४ जना रहेका छन् भने आइसोलेसनमा ४१९ जना रहेका छन् । बागमतीमा मात्र कोरोनाले नौं जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १३५७ जना पुगेको छ भने ९४६ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा ३ हजार ६९९ जना रहेका छन् भने आइसोलेसनमा ४०६ जना रहेका छन् । गण्डकी प्रदेशमा कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश ५ मा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ हजार १३५ जना पुगेको छ भने ३६९२ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा  ३ हजार ४९७ जना रहेका छन् भने आइसोलेसनमा ४३३ जना रहेका छन् । यो प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्।

यस्तै, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८०४ जना पुगेको छ भने १ हजार ४९२ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा १ हजार ७१३ जना रहेका छन् भने आइसोलेसनमा ३०८ जना रहेका छन् ।अहिलेसम्म चार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ हजार ०३ जना पुगेको छ भने १ हजार ६५९ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा ६ हजार ५४५ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ३३८ जना रहेका छन् । कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *