Sajhamanch Archive

समुदायमा कोरोना फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड १९) को आशंकामा समुदायमा गरिएको परीक्षणमा तीनजनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा चारहजार ८ सयको समुदायमा गरिएको परीक्षणमा तीनजनामा कोरोना देखिएको जानकारी दिए ।

उनका अनुसार तीनजनामध्ये कोरोना संक्रमित पनि दुईजना विदेशबाट आएका र एक जना ब्युटीपार्लर सञ्‍चालन गर्ने व्यक्ति रहेका छन् । जुन नतिजाबाट पनि स्थानीय कोरोना संक्रमण भएर समुदायमा कोरोनाभाइरस नफैलिएको उनको भनाइ थियो ।

संक्रमणको संख्या घट्दैमा कोरोना जोखिम नघटेको उनले जानकारी दिए । उनले भने,“विभिन्न अध्ययनहरुले बढी भीडभाड हुने स्थानमा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने देखिएको छ ।” विभिन्‍न सार्वजनिक स्थलहरुमा भीडभाडहरु बढ्दा मन्त्रालय चिन्तित भएको उनले जानकारी दिए ।

कोरोनाबाट बच्‍न दुई मिटर टाढा बस्ने ,पटकपटक हात धुने र भीडभाडमा जाँदा अनिवार्य मास्क लगाउन उनले सबैलाई अनुरोध गरे । उनले कोरोनाविरुद्धको लडाइँ अझै जारी नै रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *