कनकाई नदि कटानबाट पीडित शेर्मा परिवारलाई निशुल्क पक्की घर बनाइदिनेः मेयर शेर्मा
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिका १० की कनकाई नदिबाट विस्तावित तारा शेर्मालाई पक्की घर बनाइदिने भएको छ । शिवसताक्षी नगरपालिकाले घर बनाउनको लागि जग्गा उपलब्ध गराउने भएपछि शेर्माको घर बन्ने पक्का भएको हो ।
शेर्मा परिवारलाई मेची अभियानसँग समन्वय गरेर पक्की घर निर्माण गरिने शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले जानकारी दिए ।
शिवसताक्षी न.पा. ११ स्थित बच्चावगरमा जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा शेर्मा परिवारलाई घर निर्माण गरिने मयेर शेर्माले बताए ।
जनता आवास कार्यक्रमको जग्गामा १२ वटा घर निर्माण भईसेका छन् । अब, तारा सेर्माका लागि शिवसताक्षी नगरपालिकाले जग्गा दिने र मेची अभियानले उक्त जग्गामा घर बनाउने पक्का भएपछि १३ वटा घर हुने छन् ।
मेची अभियानका संयोजक सहितको एक टोलीले तारा शेर्माका परिवारका लागि निर्माण हुने जग्गा क्षेत्रको समेत स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले जग्गा क्षेत्र पायक पर्ने र आधारभुत आवस्यक्ता युक्त क्षेत्र भएकाले यसै साता देखि घर निर्माण हुने बताएको छ ।
शेर्मालाई करिब ५ लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।
तारा शेर्माका ३ जना छोरा छोरी छन् । ७ वर्षीय छोरी समृद्धी, ६ वर्षीय दिप्रती र अढाई वर्षका छोरा सन्दिपको माध्यमिक तह सम्मको पढाइका लागि अभिावकत्व लिने वडा नं. २ वडाध्यक्ष कुलबहादुर बस्नेतले घोषाण गरेका छन् ।
उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री र विद्यालय पोशाक पनि अध्यक्ष बस्नेतले उपलब्ध गराउने बताए । उनले भने, गरिबीकै कारण पढ्न पाउने अधिकार कसैको खोसिनु हुँदैन । म उनिहरुको अधिकार रक्षा गर्छु र माध्यमिक तह सम्मको अध्ययनका लागि लाग्ने सम्पुर्ण खर्च उपलव्ध गराउँछु ।’
पीडित शेर्मामालाई नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिने भएको छ । दैनिक जिविको पार्जन गर्न कठिन भएपछि शेर्मालाई रोजगारी दिने भएको हो ।
Comments