Sajhamanch Archive

पार्टीमा विवाद् होइन, जनताको चिन्ता गर्ने बेला हो : परराष्ट्रमन्त्री ज्ञवाली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पार्टीभित्र विवादमा अल्झिने बेला नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा करिब एक महिनादेखि चुलिएको विवाद साम्य हुन नसकेका बेला मन्त्री ज्ञवालीले भने,‘ यो बेला विवादमा अल्झिने बेला होइन, सबै राजनैतिक दलबीच एकता गरेर कोरोना बिरुद्ध लड्न कसरी सकिन्छ । रोजगारी गुमाएकाहरुलाई कसरी रोजगारीमा जोड्न सकिन्छ, भारतले मिचेको नेपाली भूमी कसरी फर्काउन सकिन्छ भनेर चिन्ता गर्ने बेला हो । ’

आज गृह जिल्ला गुल्मीको सदरमुकाम तम्घासस्थित पार्टी कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले पार्टीको धुरी खाँबो ढल्यो भने अस्तीत्व नै समाप्त हुने बताए । उनले कार्यकर्ताहरुलाई पार्टी नफुट्ने कुरामा आश्वास्त पार्दै कार्यकर्तास्तर देखि माथिसम्म पार्टी एकता कै पक्षमा उभिने बेला भएको बताए ।

उनले भारतसँगको सम्वन्ध जुत्ता भित्रका ढुङ्गा निकालेर नफालेसम्म सुमधुर हुन नसक्ने तर्क गरे । उनले भने, भारतसँग हाम्रो सम्वन्ध र सहकार्य रहँदै आएको छ तर जुत्ता भित्रका ढुङ्गाहरु निकालेर नफाले सम्म सम्वन्ध र सहकार्य सुमधुर रहि रहन सक्दैन ।

मन्त्री ज्ञवालीले यति बेला सबै दलहरुबीच राष्ट्रिय एकताको खाँचो भएकोले हिमाल पहाड तराई बिच अभुतपुर्व एकतामा जुट्न आव्हान गरे ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *