Sajhamanch Archive

रहेनन् एनएमसी गौरीगञ्ज शाखा प्रमुख लम्साल

Published: (Updated: ) in समाज, सहकारी by .

झापा । शनिवार मध्यराति केर्खामा राँगासँग मोटरसाइकल ठोक्किएर भएको दुुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको निधन भएको छ ।

२७ वर्षीय लम्साल झापा गाउँपालिका वडा नं.६ का बासिन्दा हुन् । दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना गएिको छ ।

शनिवार राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा उनीहरु चढेको मे १०प ९८२६ नम्बरको मोटरसाइकल केर्खास्थित राजमार्गमा उभिएको राँगासँग ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका लम्साललाई स्थानीय प्रहरीले तत्कालै उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार दुबै शाखा प्रमुख सुरुङ्गास्थित आफन्तको घरमा पारिवारिक जमघटमा सहभागी भएर घर फर्किदै थिए ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले अत्यन्त मिहेनती, अनुशासित,कर्तव्यनिष्ट र प्रतिभाशाली व्यक्ति प्रदीप लम्सालको निधनले एनएमसी परिवार स्तब्ध भएको बताए । यसबाट लम्साल परिवार, एनएमसी र सिंगो समाजलाई नै अपूरणीय क्षति भएको उप्रेती बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *