Sajhamanch Archive

कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

Published: in परदेश (प्रवास), समाज, स्वास्थ्य by .

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८, कुवेतमा ३, यूएईमा ५ जनाको निधन भएको हो ।

कतारमा निधन भएका ८ जना मध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १४ देशमा १६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन । विदेशमा ३० हजार ५७१ जना मध्ये २८ हजार ६८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतका स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार भारत, साउदी, यूएई र कुवेतमा मात्र ९५० जनामा नेपालीमा यो साता कोरोना संक्रमणमा देखिएको छ ।

संघका अनुसार नेपालमा मृत्यु भएका ४० सहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय पुगेको छ । यस्तै नेपालमा मात्र १७ हजार ५०२ जनामा संक्रमण फैलिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *