Sajhamanch Archive

सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

Published: in खेलकुद by .

एजेन्सी । पिएरे एमरिक औबामेयाङको दुई गोलको मद्दतमा आर्सनलले एफए कप सेमिफाइनलमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

वेम्बली मैदानमा भएको खेलमा आर्सनलले सिटीलाई २-० ले पराजित गरेको हो । खेलको १९ मिनेटमा निकोलस पेपेको पासमा औबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

७१औं मिनेट किरण टर्नेको पासमा औबामयाङले व्यक्तिगत दोस्रो गोल गरेका थिए । आर्सनलले अब उपाधिका लागि म्यानचेष्टर युनाइटेड र चेल्सीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *