Sajhamanch Archive

कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ ।

राजविराजका ७२ वर्षीय वृद्धको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।

मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका वडा नं.६ का अध्यक्ष प्रेम यादवले जानकारी दिए ।

मृतक बृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए । मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए ।

घर र्फकेपछि गत मंगलबार ७२ वर्षीय वृद्धलाई साँस फेर्न गाह्रो हुँदा उपचारका लागि धरान लगिएको थियो । तर, धरानमा पीसीआर टेस्ट गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मृत्यु भएपछि उनको परिवारका सबैजनाको स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *