Sajhamanch Archive

भारतीय तस्करीद्वारा शसस्त्र प्रहरीमाथि आक्रमण, घटना स्थल मै सहमति

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

झापा । झापाको गौरीगंज गाउँपालिका स्थित सीमावर्ती क्षेत्रमा गएराती भारतीय तस्करहरूले सशस्त्र प्रहरीमाथि आक्रमण भएको घटनालाई लिएर नेपाल र भारतका जिल्ला स्तरिय प्रहरी प्रमुखहरूबीच छलफल भएको छ ।

झापाका सशस्त्र प्रहरी प्रमुख रेशम कुमार थक्सु र भारत किशनगंज जिल्लाका प्रहरी प्रमुख ललित कुमारबीच आ – आफ्नो देशका नागरिकहरूलाई लकडाउन अवधि भरी सीमा नाकामा वारपार गर्न नदिने, लकडाउनको पूर्ण पालना गराउने, सीमावर्ती क्षेत्रमा प्रहरीको गस्ती कडाई गर्ने र सीमा क्षेत्रका नागरिकहरूलाई सचेतना कार्यक्रम गराउने सहमति भएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित डाँगीटोलाको सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी माथि गएराती आक्रमण भएको थियो ।

नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि गएराति ९ बजे तिर भारतीय समुहले घरेलु हातहतियार प्रयोग गरेर आक्रमण गरेको हो ।

सिमा क्षेत्रको पिलर नं.१५२ को करिब ३ सय मिटर पुर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमाथि आक्रमण गरेको थियो ।

भाला, खुकुरी, रड, दाउलगायत घरेलु हातहतियार सहित आएका भारतीयहरूले आक्रमण गरेपछि स्थिति तनाव बनेको थियो । सशस्त्र प्रहरीले आत्म रक्षाका लागि ४ राउण्ड हवाई फायर गरेपछि आक्रमणकारी भारतीय भागेका थिए । उनिहरु ४०÷५० को संख्यामा रहेको प्रहरी बताएको छ ।

सशस्त्र प्रहरी बल गौरीगंजका प्रहरी निरीक्षक साईमण श्रेष्ठका अनुसार झडपका क्रममा दुई जना सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् । उनिहरुको शरीरमा चोटपटक लागेको बताईएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *