Sajhamanch Archive

जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने

Published: in समाज, स्वास्थ्य by .

खाँदबारी । जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै घाइते तथा बिरामीको उपचार निःशुल्क गर्ने जानकारी गराएको हो ।

अस्पतालले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क उपचार गर्ने निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.सुन्दरश्याम झाले बताए । यसअघिदेखि नै लक्षित वर्गको उपचार निःशुल्क हुँदै आएको समेत डा. झाले जानकारी दिए ।

घाइतेको उपचारका लागि प्रदेश सरकारबाट प्रतिव्यक्ति पाँच हजार अस्पताललाई प्राप्त हुने व्यवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए । बिरामी उपचार भई डिस्चार्ज भएर घर जाँदासमेत यातायात खर्च  एक हजार दिने व्यवस्था रहेको अध्यक्ष शाक्यले बताए । उक्त रकम प्रदेश सरकारले नदिए पनि अस्पताल आफैँले उक्त सेवा दिनेसमेत अध्यक्ष शाक्यले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *