Sajhamanch Archive

कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ४४ लाख नाघेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख ६५ हजार ६१२ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ५ हजार ८१३ पुगेको छ भने कोरोना जितेर ८६ लाख ४९ हजार भन्दा बढी डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *