Sajhamanch Archive

झापा प्रहरीको सक्रियता : फरार ९० अभियुक्त पक्राउ

Published: in विविधा, समाज by .

झापा । झापा प्रहरीले फरार अभियुक्त पक्राउलाई पनि तीव्रता दिएको छ । अपराध पुरानो हुँदैन भन्ने मान्यताका आधारमा फरार अपराधीको खोजीलाई झापा प्रहरीले तीव्रता दिएको हो ।

झापा प्रहरीका प्रमुख कृष्णप्रसाद कोइरालाले आर्थिक वर्ष २०७६/७७ मा ९० जना फरार अभियुक्तलाई समातिएको बताए ।

प्रहरीले फरार अपराधीबाट एक करोड सात लाख दुई सय जरिवाना असुल उपर गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *