विराटनगरबाट लागूऔषधसहित तीन जना पक्राउ
Published:
by .विराटनगर । विराटनगरबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ वर्षीय तारिकन अनवर, विराटनगर–६ का २० वर्षीय सुमित दास र सोही स्थानका १८ वर्षीय मनिस दास रहेका छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।आइतबार साँझ साढे ६ बजे साइकलमा रहेका भारतीय नागरिक अनवरलाई विराटनगर–१५ स्थितबाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनले साइकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए ।
यसैगरी विराटनगर–१६ स्थितमा पैदल हिँडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागूऔषध ट्याब्लेटसहित पक्राउ गरिएको हो ।यसरी लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
Comments