Sajhamanch Archive

भद्रपुरमा विद्यालय सञ्चालनका लागि मापदण्ड तय गरी अनुगमन थालियो

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by .

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पुर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि निशेचीकरणको अवस्था बारे अनुगमन सुरू गरेको छ ।

नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा शिक्षा, स्वास्थ्य सहितको प्राविधिक टोलीले तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक पुर्वाधार पूरा गरे नगरेको स्थलगत अनुगमन थालेको हो ।

सोमवार भद्रपुर १० स्थित प्रज्ञा एकाडमीमा गरिएको अनुगमनका क्रममा कोरोना रोगको भाइरस सर्न नदिने वातावरण निर्माण अन्र्तगत तयारी गरिएको निशेचीकरण उपकरण जडान, त्यसबाट उत्पन्न हुन सक्ने लाभ हानी, प्रयोग गरिने रसायन लगायतको बारेमा प्राविधिक पक्षबाट छलफल समेत गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्पिल इशुभ पाण्डेले विद्यालय प्रवेश द्वारमा बनाइएको संक्रामक किटाणु नास गर्ने निशेचीकरण स्थल, सवारी साधन सफाइ गर्ने उपकरण, हात धुने स्थान, पिउने तातोपानीको व्यवस्थापन लगायत कक्षा सञ्चालन स्थल समेत रोग संक्रमण जोखिम मुक्त बनाइएको जानकारी दिँदै देखाएका थिए ।

प्राविधिक पक्षको नेतृत्व लिएका नगर स्वास्थ्य शाखा प्रमुख मनोज भट्टराईले विद्यालयको तयारी मापदण्ड अनुसार भएको बताउँदै निशेचीकरणका लागि प्रयोग हुने रसायन बालबालिकाको स्वास्थ्य अनुकुलको मिश्रण बनाउन सुझाव समेत दिएका थिए ।

नगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठले कोरोना संक्रमण त्रास जीवितै भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सजग भएर शिक्षण गर्दा बाल बालिकालाई जोगाउन सकिने प्रष्ट पार्दै रोग लाग्ने त्रासले सधैभरी भाग्न नसकिने बताए । उनले मादण्ड पूरा गर्न सक्ने विद्यालयहरूको बारेमा साउन ८ गतेपछि निर्णय गरेर सञ्चालन गर्न दिन सकिने स्पष्ट पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *