Sajhamanch Archive

यी हुन् कोरोनामुक्त सात जिल्ला ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपालमा सात वटा जिल्ला कोरोनामुक्त भएका छन् । पाँचथर, भोजपुर, धनकुटा, रसुवा, सङ्खुवासभा, मुस्ताङ र मनाङमा सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्किएका छन् ।

यस्तै रौतहट, कैलाली र बाजुरामा पा्ँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *