Sajhamanch Archive

जन्मदिनको पार्टी खुवाउने बहानामा युवतीलाई बलात्कार

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

ओखलढुंगा । ओखलढुंगामा जन्मदिनको पार्टी खुवाउने बहानामा साथीलाई जबर्जस्ती करणी गरेको आरोपमा मानेभञ्ज्याङका २६ वर्षीय एक युवक पक्राउ परेका छन्।

ती युवाले आफ्नो जन्मदिनको पार्टीमा गाउँकै एक युवतीलाई बोलाएर जबर्जस्ती करणी गरेका पीडितको उजुरीको आधारमा पक्राउ परेका हुन्। शुक्रबार राति जन्मदिनको अवसरमा पार्टी दिने भन्दै राति घरैमा लिन गएर जबरजस्ती करणी गरेको केटी पक्षको उजुरीमा उल्लेख छ।

युवकले मादक पदार्थ सेवन गरेर आफूमाथि जबरजस्ती करणी गरेको पीडित युवतीको भनाइ छ। पीडितको जाहेरीका आधारमा ती युवकलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ओखलढुंगा प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *