Sajhamanch Archive

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

काठमाडौं । देशैभर कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण प्रदेश २ मा देखिएको छ । जसमा चार हजार ६३६ जनामा देखिएको उनले जानकारी दिए ।

सबैभन्दा कम हालसम्म कोरोना संक्रमित देखिएको प्रदेश १ रहेको छ । जसमा आठ सय ४५ जना रहेको छ ।

त्यसैगरी, बागमती प्रदेशमा आठ सय ५९ जना, गण्डकी प्रदेशमा एक हजार ३९३ जना, प्रदेश ५ मा चार हजार १९१ जना, कर्णाली प्रदेशमा एक हजार ८२५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार ९५ जना कोरोना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *