Sajhamanch Archive

सरकारविरूद्ध प्रदर्शन गर्ने विदेशीलाई देश निकाला

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँच जना विदेशीलाई देश निकाला गरिने भएको छ। गृह मन्त्रालयका सचिवस्तरको निर्णयले उनिहरुलाई निष्काशन गर्ने निर्णय भएको हो।

जेठ ३१ गते माइतीघरमा भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले विदेशीलाई पक्राउ गरेको थियो। लगत्तै उनीहरुलाई अध्यागमन विभाग पठाइएको थियो।

पक्राउ परेकामध्ये एकजना विदेशीले नेपालीसँग विवाह गरेर बसेकाले उसलाई २० हजार रुपैयाँ जरिवाना मात्र गर्ने निर्णय भएको अध्यागमन विभागमा प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।

नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुनुलाई गैरकानूनी मानिन्छ । तिवारीले लकडाउन खुलेको १५ दिनभित्रमा उनिहरुलाई आफ्नो देश फर्काइने बताए। देश निकाला गर्ने निर्णय भएकामा २ महिलासहित तीन जना चिनियाँ नागरिक रहेका छन्।

यसैगरी, एक जना अस्ट्रेलियन पुरुष र एक जना अमेरिकन महिलालाई पनि देश निकाला गरिने छ। उनीहरु सबैलाई दुई वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *