Sajhamanch Archive

लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले वर्षातको समयमा पानीजन्य रोगहरु बढ्ने हुँदा सजग रहन सबैलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढी पहिरो जाँदा पानी अत्यधिक फोहोर हुन गई पानीजन्य रोग बढ्ने हुदाँ सजग र सचेत बन्न आग्रह गरे ।

उनका अनुसार वर्षातको समयमा पानीकै कारण झाडापखाला, टाइफाइड,रुघाखोकी, आँखा पाक्नेजस्ता सरूवा रोगले सताउने हुँदा पानी उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन अनरोध गरे ।

त्यसैगरी बाढी पहिरोको विपतका कारण धेरैजना एकै ठाउँमा बस्‍नुपर्ने बाध्यता आएको भए पनि कोरोनाको जोखिम कायमै भएकाले यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।

उनले स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डलाई ख्याल गरेर कोरोनाबाट जोगिन पनि सुझाव दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *