Sajhamanch Archive

सताक्षीधामको गौशालाको अनेक रुपः मानव स्वास्थ्यका लागि आवश्यक औषधी जन्य वस्तु उत्पादन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । एतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम रहेको गोवद्र्धन गौशालाले विभिन्न प्रकारका जडिबुटीबाट निर्मित मानव स्वास्थ्यका लागि आवश्यक औषधी जन्य वस्तुहरु उत्पादन गरेको छ ।

गौशालाबाट पंचगव्य घीऊ, गोमय दंत मंजन, गोबरद्वारा निर्मित धुप, हवन सामग्री समेत उत्पादन गर्न सुरु गरेको हो । गोलोकमा उत्पादन भएका सबै बस्तुहरु मानव स्वास्थ्यका लागि बहुपयोगी भएको गोलोक गोवद्र्धनका संरक्षक नन्दकिशोर भारद्वजले जानकारी दिए ।

उनका अनुसार उपादन गरिएका बस्तुहरुमा कुनै प्रकारका रासायनिक क्यामिकल प्रयोग गरिएको छैन । यो आयुर्वेद औषधी उत्पादन पद्धतिबाट बनाइएको हो ।

गोलोक गोवर्धन गौशालामा १ सय लिटर दूध, गोमूत्र अर्क ६० लिटर, गोनायल (फिनेल) ६० लिटर, गोमय दंत मंजन ५ किलो ग्राम, गोमय धुप ५ किलो ग्राम दैनिक उत्पादन हुने गरेको छ ।

त्यस्तै पंचगव्य घीऊ १ किलो ग्राम, प्रांगरिक मल १ सय केजी, जीवामृत झोल १ सय लिटर, गडेउले मल १ सय केजी र गोमुत्र किटनाशक ५० लिटर उत्पादन हुने गौशालाका अध्यक्ष नन्दकिशोर भारद्धाजले बताए । गौशालाले खयर र अन्य जडिबुटीबाट चिया पत्ती पनि बनाउन सुरु गरेको छ । जसले शरिरमा विभिन्न विकारहरुबाट भएका समस्यालाई निको पार्ने बताएको छ ।

उत्पादित गोमय धुप (अगरवत्ती) को धुँवाले पर्यावरणमा पवित्रता ल्याउने मानव स्वास्थमा पुर्याउने हानीलाई रोक्नका लागि उत्पादन भएको हो । झापाका बिभिन्न बजारमा सताक्षीधामको गौशालाबाट उत्पादित धुपको माग बढेको छ । हाल गौशालाले बजारमा माग बढेपछि गौशालामा उत्पादन पनि बढाउन थालिएको संरक्षक भारद्वजको भनाई छ ।

गौशालाले जीवन र वनस्पतीको रक्षा गर्दै गाईको गोबरबाट दाउरा बनाएको छ । जुन गोबरलाई मेसिनबाट गुँइठा नभई दाउराको रुपमा प्रयोग गरिने बनाएको हो । संक्षरक्षक भारद्वज भन्छन्ः मानिसको मृत्यु पछि गरिने शवदहनका लागि एउटा वृक्षले मुर्र्नुपर्र्ने बाध्यतालाई न्यूनिकरण गर्न गोबरको दाउराको प्रयोग बढाएको हो । यहाँ उत्पादित दाउरा वनस्पती रक्षाका लागि कवज पनि बन्न सक्ने उनको भनाई छ ।

हाल गौशालामा बाछा बाछी, नन्दी गरी ४ सय बढी गाई छन् । पर्यावरण रक्षाका लागि पालिएका गाई बुढो भएर मृत्यु भए समाधि स्थलमा एउटा वृक्ष रोप्ने चलन गौशालामा छ ।

गौशालामा उत्पादन भएका उन्नत जातका वीउ गोरु नस्ल सुधारका लागि समूह र कृषकलाई पनि दिइने गरेको छ । गौशाला झापा सहित धनकुटा, इलाम, मोरङ्ग, सुनसरी, संखुवासभा, उदयपुरका जिल्लामा स्थानीयले वीउ गोरु लगेर नस्ल सुधार गरिरहेको गौशालाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *