Sajhamanch Archive

संखुवासभा पहिरो : बेपत्ता ११ जना अझै भेटिएनन्

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

विराटनगर । संखुवासभाको पहिरोमा परी बेपत्ता भएका नागरिक अझैसम्म फेला परेका छैनन् । गत शनिबार राती गएको पहिरोमा सिलिचोङ गाउँपालिका ११ जना बेपत्ता भएका थिए।

एक सातादेखि निरन्तर खोजी भइरहेको छ। पहिरोमा परेको आसपास खोजी गर्दा पनि नभेटिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जिवन आचार्यले बताए। उनका अनुसार ५० भन्दा बढी सुरक्षाकर्मी उद्दारमा खटिएका छन्।

पहिरोले गर्दा ४ सय ३६ जना विस्थापित भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। विस्थापितलाई चित्रे र बुधबारेमा राखिएको उनले उल्लेख गरे।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *