काठमान्डौं  । नक्कली नोट प्रकरणमा थुनामा रहेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंमा नक्कली नोटको कारोबार गरेकोमा गत जेठ ३० पूर्पक्षको लागि थुनामा पठाएको थियो।निर्माता वाग्लेले २५ लाख रूपैयाँ धरौटि बुझाएर छुटेका हुन्। तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो।

जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो।
निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो।