Sajhamanch Archive

ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन : विशेषज्ञले प्रयोगकर्ताको अकाउन्ट अनुसन्धान गर्दै

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

सुशान्त सिंह राजपूतको मृत्युपछि नेपोटिजमको मुद्दा उठाउँदै थुप्रै कलाकारलाई सोसल मिडियामा ट्रोल गरियो । यो सूचीमा फिल्म निर्देशक करन जोहरको नाम पनि समावेश छ ।

खासमा भन्ने हो भने सुशान्तको मृत्युपछि करन नै सबैभन्दा धेरै निशानामा परेका हुन् । करनले यसबारे अहिलेसम्म आफ्नो मुख खोलेका छैनन्, न नै कुनै ट्रोलर्सलाई यसबारे जानकारी दिएका छन् । यतिमात्रै होइन, करनले सोसल मिडियाबाट दुरीमसेत बनाए । करनको इन्स्टाग्राम र ट्वीटरमा अन्तिम पटक सुशान्तको विषयमा नै पोस्ट गरिएको थियो । तर भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार करन ट्रोलर्सविरुद्ध कानूनी उपचारको तयारीमा छन् ।

डिएनएको खबर अनुसार करनका एक आफन्तले करन केही वकिलसँग कुराकानी गरिरहेका छन् ।

यतिमात्रै होइन करन केही प्राविधिक विशेषज्ञको सम्पर्कमा पनि छन् जसले ती ट्रोलर्सको पत्ता लगाउन सहयोग गर्नेछन् जसले उनका सन्तान र आमालाई क्षती पुर्याउने धम्की दिएका थिए । करनका आफन्तले भने, ‘करन निकै सक्रियताका साथ यसमाथि काम गरिरहेका छन् । टेक टीम ती ट्रोलर्सको खोजी गर्ने कोसिस गरिरहेका छन् जसले करनकी आमा र बच्चाहरुको विषयमा तथानाम भने । टीमले ती अकाउन्ट सक्कली हुन् वा नक्कली भनेर पनि पत्ता लगाउने कोसिस गरिरहेको छ ।’

स्मरण रहोस्, करनलाई ट्रोल गर्नेबेला केही ट्रोलर्स यति अग्रेसिभ भएका थिए कि उनले करनका जुम्ल्याहा सन्तान र आमालाई क्षती पुर्याउने धम्कीसमेत दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *