अलास्कामा शक्तिशाली भूकम्प
Published:
by .एजेन्सी ।अमेरिकाको अलास्का प्रायद्वीपमा शक्तिशाली भूकम्प गएको छ । करिब ६ः१२ जीएमटीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पनको केन्द्रविन्दु एंकोरेजभन्दा ५ सय माइल दक्षिणपश्चिम र पेरीभिलभन्दा ६० माइल दक्षिण पूर्व रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।
भूकम्पपछि केन्द्रविन्दुको २ सय माइल क्षेत्रफलमा सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनी दक्षिण अलास्का र अलास्का प्रायद्वीपमा लागू हुनेछ ।
थप विवरण आउन बाँकी रहेको छ ।
स्रोत : रातोपाटी
Comments