Sajhamanch Archive

लकडाउन सकिए पनि काठमाडौं छिर्न पास चाहिने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशका लागि भने सवारी पास अनिवार्य चाहिने जनाएको छ। सरकारले लकडाउन सकिएपनि अन्तरजिल्ला सवारी साधन खुल्ला नगरेकाले सवारी पास चाहिने बताएको हो।

‘अन्तरजिल्ला सवारी नचलेकोले उपत्यका बाहिरका जिल्लाबाट यहाँ आउनेलाई सवारी पास चाहिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘उपत्यकाका तीन जिल्लामा भने पास चाहिँदैन।’सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्ने जनाएको छ।

काठमाडौं आउन पर्नेहरूले आफू रहेको स्थानीय तहको सिफारिसमा सम्बन्धित जिल्ला प्रशासनबाट पास जारी गरेको हुनुपर्ने व्यवस्था छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *