Sajhamanch Archive

कोरोनाले  मृत्यु हुनेको संख्या ६ लाख २९ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख २९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख २९ हजार ३०६ पुगेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

कोरोना भाइरसका कारण विश्वमा हालसम्म संक्रमित हुनेको संख्या एक करोड ५३ लाख ६४ हजार २२७ जना रहेका छन् भने कोरोना जितेर ९३ लाख ४३ हजारभन्दा बढी डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *