कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो
Published:
by .काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । पर्साको वीरगन्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको बधुबार मृत्यु भएको बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Comments