Sajhamanch Archive

पोखरीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई दशलाख दिइने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

भद्रपुर । सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर ३ जना बालकले ज्यान गुमाएपछि भद्रपुर २ स्थित कमलधाप क्षेत्रमा उत्पन्न विवाद सहमतीमा टुंगिएको छ ।

पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएको भन्दै विहीबार बिहानैदेखि विरोधमा उत्रिएका स्थानीयसित भद्रपुर नगर सरकारले सर्वपक्षीय छलफलबाट सहमती हुँदा विवाद अन्त्य भएको हो ।

सर्वपक्षीय सहमती अनुसार प्रति मृतक १० लाख रूपैया परिवारलाई क्षतिपूर्ति वापद दिने, रोजगार सुरक्षा प्रत्याभुत गर्ने, हालको कमलधाप संरक्षण समिति विघटन गरी नयाँ समिति बनाउने लगायत सहमती भएको जनाइएको छ ।

बुधवार अपरान्ह भद्रपुर २ गौरिशंकर बस्ती निवासी अनिल तामाङका छोरा बर्ष १० को अंकुश तामाङ र कमला थामीका छोराहरू कर्ण थामी बर्ष १४ र अर्जुन थामी बर्ष ११ का भद्रपुर २ कमलधाप रामपोखरी वन उपभोक्ता समूह अन्तर्गत कमलधप पर्यटन क्षेत्र विकास संयुक्त धार्मिक स्थलमा निर्माणाधीन पोखरीमा डुवेर निधन भएको थियो ।

निमार्णाधीन पोखरीमा ३ जनाको मृत्यु भएपछि उत्पन्न विवाद समाधान गर्न स्थानीय सरकार अन्र्तगत वाडाध्यक्ष भिमबहादुर सुब्बा, नगर प्रमुख जीवन कुमार श्रेष्ठसंग पीडित परिवारका प्रतिनिधि, स्थानीय पार्टी प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतसितको वार्ता संवादपछि विहीबार बेलुका आफन्तले शव बुझेर पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको छ । पोष्ट मार्टमपछि शुक्रवार धार्मिक विधि अनुसार बालकहरूको अन्त्यष्टी गरिने आफन्तहरूले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *