Sajhamanch Archive

समुदायमा फैलियो कोरोना : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदायमा कोरोना संक्रमण फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा समुदायस्तरमै कोरोना फैलिएको बताएका हुन ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उनले भने, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’

कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार सफल भएको बताउँदै उनले नागरिकले पनि सतर्कता अपनाउनु पर्ने बताए ।

मुख्यमन्त्री राईले अब कोरोना जाँचलाई समुदायस्तरमा लैजाने बताए । लकडाउन अन्त्य भएपछि समुदायमा संक्रमण फैलने सम्भावना बढेकाले सावधानी अपनाउन उनले आग्रह गरे ।

प्रदेश १ को वार्षिक खर्च प्रगतिले विषम परिस्थितिमा पनि काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताउँदै उनले चालु र पुँजीगत तर्फ ७१ प्रतिशत बजेट खर्च गरेको बताए ।

कोरोनाले रोक्यो प्रदेशको नाम

मुख्यमन्त्री शेरधन राईले कोरोना महामारीका कारण प्रदेश १ को नामाकनको काम रोकिएको बताएका छन् ।

सरकारले चालू अधिवेशनबाट नामको टुंगो लगाउने बताउँदै आएका मुख्यमन्त्री राईले जारी अधिवेशनको अन्तिम बैठकमा कोरोना भाइरसका कारण नाम राख्न नसकिएको बताए । भाइरसको कारणले नामका बारेमा खुलेर छलफल गर्ने वातावरण बन्न नसकेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *