Sajhamanch Archive

नाबालिकालाई बन्धकपछि करणी गरेको आरोपमा देवर–भाउजू पक्राउ

Published: in मिडियाबाट साभार, समाज by .

ताप्लेजुङ । नाबालिकालाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले देवर–भाउजूलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं.४ का ३५ वर्षीय शंकर लुईंटेल र ३८ वर्षीया गोमा कार्की लुईटेल रहेका छन्। परिवारको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले बताए।

जाहेरीमा २०७५ मंसिर १० गते नाबालिकालाई प्रलोभनमा पारी झापा लगेर बन्धक राखी करणी गरेको, मंसिर १३ गते काठमाडौंको गुह्येश्वरी मन्दिरमा लगी विवाह गरेको उल्लेख छ। विवाह गरेपछि पुनः झापास्थित घरमा ल्याई २०७६ चैत्र ७ गतेसम्म शरीर बन्धक बनाई करणी गर्दै आएको र बालिका उम्किन सफल भएर फुपुको घरमा पुगेको जाहेरीमा उल्लेख भएको श्रेष्ठले बताए।

सबै कसुरमा ती दुईको मिलेमतो रहेको बालिकाका परिवारको दाबी छ। त्यसपछि परिवारले प्रहरीमा जाहेरी दिएका थिए। दुवै जनालाई साउन ८ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *