Sajhamanch Archive

बलात्कारको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ

Published: in मिडियाबाट साभार, समाज by .

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिकाका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन्।

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाथीभरा याङवरक–३ का २० वर्षीय विमल कङ्लिवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। उनले गत असार १३ राति करिब ८ बजे स्थानीय युवतीलाई बलात्कार गरेको आरोप छ।

पीडितले गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी मेहन्द्र श्रेष्ठले जानकारी दिए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *