Sajhamanch Archive

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ४३ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ४३ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४३ हजार ८४० पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वमा हालसम्म कोेरोना संक्रमितको संख्या एक करोड ६० लाख भन्दा बढी रहेको छ भने कोरोना जितेर ९७ लाख ८८ हजार ६०३ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *